अमेरिकी उच्च शिक्षाबारे इन्लाइटनको विशेष जानकारी सत्र

विहीबार, २२ फागुन २०८१
काठमाडौँ : शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकी उच्च शिक्षाबारे विशेष जानकारी सत्र आयोजना गर्ने भएको छ। ७ मार्च, शुक्रबार इन्लाइटनकै भवनमा हुने उक्त सत्रमा विद्यार्थीहरूले अमेरिका अध्ययनका अवसरहरूबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। कार्यक्रममा बेथानी कलेज, वेस्ट भर्जिनियाका रिक्रुटमेन्ट म्यानेजर सेफिना जोशीको उपस्थिति रहनेछ। सत्रमा विद्यार्थीहरूले छात्रवृत्ति योजना, भर्ना प्रक्रिया, आवश्यक योग्यता, र कलेजका सुविधाहरूबारे विस्तृत जानकारी लिन सक्नेछन्। बिहान ८ देखि ९ बजेसम्म सञ्चालन हुने यो कार्यक्रम अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि उपयोगी हुने इन्लाइटनले जनाएको छ। भिसा आवेदन, परामर्श सेवा लगायतका सुविधाले यस संस्थाले आफ्नै छुट्टै पहिचान बनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार