अमेरिकी उच्च शिक्षाबारे इन्लाइटनको विशेष जानकारी सत्र सम्पन्न

शुक्रबार, २३ फागुन २०८१
काठमाडौँ : शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले अमेरिकी उच्च शिक्षाबारे विशेष जानकारी सत्र सम्पन्न भएको छ । ७ मार्च, शुक्रबार इन्लाइटनकै भवनमा भएको उक्त सत्रमा विद्यार्थीहरूले अमेरिका अध्ययनका अवसरहरूबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए । कार्यक्रममा बेथानी कलेज, वेस्ट भर्जिनियाका रिक्रुटमेन्ट म्यानेजर सेफिना जोशीको उपस्थिति रहेको थियो । सत्रमा विद्यार्थीहरूले छात्रवृत्ति योजना, भर्ना प्रक्रिया, आवश्यक योग्यता, र कलेजका सुविधाहरूबारे विस्तृत जानकारी प्राप्त गरेका थिए । आज बिहान ८ देखि ९ बजेसम्म सञ्चालन भएको कार्यक्रम अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि उपयोगी भएको इन्लाइटनले जनाएको छ। भिसा आवेदन, परामर्श सेवा लगायतका सुविधाले इन्लाइटन इन्टरनेसनल एजुकेशनले आफ्नै छुट्टै पहिचान बनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार