राजा फर्काउने उद्घोषसहित जनकपुरमा राजावादीहरुको प्रदर्शन

शुक्रबार, २३ फागुन २०८१
जनकपुर : जनकपुरधाममा राजावादी समर्थकहरुले प्रदर्शन गरेका छन् । शुक्रबार जनकपुरधामको जनक चोकबाट सुरु भएर राजावादी समर्थकहरुले नगर परिक्रमा गरेका छन् । उनीहरुले ‘राजा आउ देश बचाउ’,‘केपी चोर देश छोड’का नारासमेत लगाएका छन् । गणतन्त्रलाई आफूहरुले साथ दिँदा पनि गणतनत्रले आफूहरुलाई केही नदिएको भन्दै पुनः देशमा राजालाई फर्काउनुपर्ने आवश्यकता रहेकोले प्रदर्शन गरिएको नेपाल राष्ट्रवादी नागरिक समाजका अध्यक्ष प्रकाश रानाले बताए । नेताहरुले डलर खाएर देश क्रिश्चेन धर्मावलम्बीहरुलाई बेचेको उनले आरोप लगाए । प्रजातन्त्रसहितको राजसंस्था आजको आवश्यकता रहेकोमा उनले जोड दिए । माओवादीले जनताको छोराछोरी मारेर आफू सत्तामा गएको उनले आरोप लगाए । अमेरिकाले भ्रस्टाचार हुने देशहरुको सूचीमा नेपाललाई उच्च स्थानमा राखेकाले नैतिकताको आधारमा सत्तामा बसेका नेताहरुले राजिनामा दिनुपर्ने धारणा राखे । उनले देश बचाउन राजा मात्र विकल्प रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार