काठमाडौँ । केवाईसी अपडेट नभएको भन्दै बैंकहरुलेज्येष्ठनागरिकहरूको वृद्धभत्ता नै रोकिदिएको पाइएको छ । वृद्धभत्ता लिन भन्दै बैंक पुगेका ज्येष्ठ नागरिकहरुको वृद्धभत्ता विभिन्न बैंकहरुलेरोकिदिएको पाइएको हो ।केही दिनयता बैंकमा वृद्धभत्ता लिन जाने ज्येष्ठ नागरिकहरू रित्तै फर्किन बाध्य छन् । उनीहरुलाईकेवाईसी अपडेट नभएको भन्दै बैंकले फर्काउने गरेको उनीहरुको गुनासो छ । ‘वृद्धभत्ता लिन भन्दै बैंकमा पुगेको, बैंकले पैसा दिन मिल्दैन भन्यो ।’, एक वृद्धले भने, ‘सुरुमा पैसा दिन मिल्दैन मात्रै भनियो, पछि केवाईसी अपडेट नभएकोले पैसा दिन नमिल्ने भनियो । बल्लतल्ल बैंक पुगेको थिएँ, रित्तै हात फर्किन पर्यो ।’ केवाईसी अपडेट नभएको भन्दै सरकारले वितरण गर्न दिएको रकम बैंकहरुले वितरण नगर्दा अहिले विभिन्न बैंकमावृद्धभत्ताबापतको करोडौँ रुपैयाँ फ्रिज भएको छ । वृद्धभत्ता मात्रै नभएर बैंकहरुले सरकारले प्रदान गर्ने अन्य सामाजिक सुरक्षा भत्ता पनि केवाईसी अपडेट नभएको भन्दै रोकिदिएको छ । बैंकले भत्ता रोकिदिएपछि मर्कामा परेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
प्रतिक्रिया