राजा आउने कुराले घट्न थाल्यो सेयर बजार

आइतबार, २५ फागुन २०८१
काठमाडौं: पूर्व राजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौं फर्किने खबरले नेपालको सेयर बजारमा नकारात्मक असर पारेको छ । आइतवार सेयर बजार खुलेको केहि समय नहुँदै दोहोरो अंकको गिरावट आएको छ । जसले लगानीकर्ताहरुलाई चकित बनाएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने तयारीमा रहेको जानकारीसँगै बजारमा अनिश्चितता फैलिएको छ । देशका राजनीतिक परिस्थिति र आर्थिक अवस्थामाथि नकारात्मक प्रभाव पार्न सक्ने डर यतिबेला बजारमा देखिएको छ । समाचार तयार पार्दा सम्म नेप्से इन्डेक्स २७ दशमलव ८२ अङ्कले घटेर २७९०.६० भन्दा तलको स्तरमा पुगिसकेको छ । लगानीकर्ताहरुले अहिलेको स्थितिलाई निकै संवेदनशील मान्दै अतिरिक्त जोखिम नलिन चेतावनी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार