मधेश प्रदेशका गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको मृत्यु

मंगलबार, २७ फागुन २०८१
जनकपुरधाम : मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक वीरेन्द्र यादवको मृत्यु भएको छ । सिरहा नगरपालिका–२ सुखचैना स्थायी घर भएका ४५ वर्षीय यादवको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको मधेश प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । अनुसार सहायक निरीक्षक यादवको आइतबार पेट तथा छाती दुख्न थालेपछि जनकपुरधामस्थित गोदावरी अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यसपछि विराटनगरको नोवेल अस्पतालमा उपचारका लागि लगिएका उहाँको उपचारको क्रममा मृत्यु भएको हो । यादवको दरबन्दी नेपाल प्रहरीको मधेश प्रदेश प्रहरी गणमा रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार