मोरङको अलगअलग स्थानमा लडेर घाइते भएका २ जनाको मृत्यु

शुक्रबार, ०१ चैत्र २०८१
विराटनगर : मोरङको अलगअलग स्थानमा लडेर घाइते भएका २ जनाको बिहीबार राति मृत्यु भएको छ । घटना सुन्दरहरैँचा र कटहरीमा भएको हो । प्रहरीका अनुसार आफ्नै घरमा लडेर घाइते भएका सुन्दरहरैँचा नगरपालिका–११ तीनमुडेका अन्दाजी ६० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार घरमा सुतिरहेका उनी उठ्ने क्रममा खाटबाट लडेर बिहीबार राति १०ः३० बजेतिर बेहोस भएका थिए । उपचारका लागि केन्द्र पोलिक्लिनिक गछियामा लगिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको बताए । त्यस्तै, कटहरी गाउँपालिका–४ स्थित सप्तकोशी सिमेन्ट फ्याक्ट्रीमा कार्यरत ५० वर्षीय चौठी कामतको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ घर भएका उनी काम गरिरहेका बेला फागुन २२ गते साँझ लडेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो । डीएसपी जोशीका अनुसार उपचारकै क्रममा बिहीबार राति ९ः४५ बजेतिर मृत्यु भएको हो । दुवै घटनानको अनुसन्धान चलिरहेको जोशीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार