'नो पार्किङ' विरुद्ध विराटनगरमा पसल बन्द

बुधबार, २२ चैत्र २०७९
विराटनगर । विराटनगर महानगरपालिकाले गरेको पार्किङ निषेधको निर्णयको विरोधमा यहाँका व्यापारीहरूले पसल बन्द गरेका छन् । विराटनगर मेन रोडका व्यापारीले नो पार्किङको विरोध गर्दै बुधवार दिउँसो बजार बन्द गरेका हुन् । दुई महिना अगाडि विराटनगर महानगरपालिकाले मेन रोडको जलजला चोकदेखि ट्राफिक चौकसम्म र व्यस्त रहने भित्री सडकमा नो पार्किङको निर्णय गरेको थियो । पार्किङका लागि वैकल्पिक व्यवस्था गरेर मुख्य बजारमा नो पार्किङ लागु गरिएको मेयर नागेश कोइरालाले बताए । तर व्यापारीले आफ्नो व्यापार घटेको भन्दै सडकमा नै पार्किङ गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले महानगरपालिकाले व्यवस्थित रूपमा पार्किङको व्यवस्था मिलाइदिनुपर्ने बताएका छन् । पार्किङ निषेधको निर्णयको व्यापारीले अवज्ञा पनि गरेका छन् । व्यापारीले पार्किङ निषेधलाई अवज्ञा गरेपछि महानगरले सडक किनारमा राखेका सवारीलाई लक गरेर राखेको छ । पार्किङ निषेधित अभियानमा महानगरपालिका कठोर बनेपछि व्यापारीले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार