काठमाडौं : पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता नेपाल झलनाथ खनालले बिआरआईले अधिकतम रूपमा नेपाललाई हित हुनेगर परियोजनाहरू लागू गर्ने प्रक्रिया थालनीको महत्त्वपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।
काठमाडौँमा बिआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरू सम्मिलित बौद्धिक व्यक्तित्वहरूको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा बोल्दै उनले नेपालले बिआरआई कन्सेप्टलाई सही ढङ्गले नबुझेको बताए ।
उनले भने,‘अब नेपालले बिआरआई कन्सेप्टलाई सही ढङ्गले बुझ्दैन हाम्रो देशको आवश्यकता अनुरूप हाम्रो देशको ठोस परिस्थिति अनुरूप हामीले बिआरआईसँग सम्बन्ध भएर के कस्ता प्रोजेक्टहरू लागू गर्न सक्छौँ । आवश्यकता के हो भन्ने विषयमा गहन छलफल गर्दै प्रस्तावहरू अघि सार्दै अधिकतम रूपमा नेपाललाई हित हुने गरी यी परियोजनाहरू लागू गर्ने प्रक्रिया थालनी महत्त्वपूर्ण अवसर प्राप्त भएको छ । त्यसको लागि हामीले बुद्धि पुराएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’
प्रतिक्रिया