काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बन्नु पर्ने बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित नेपाली कांग्रेस र सङ्घीयता कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थामा नेपाली काङ्ग्रेसलाई बहुमतको पार्टी बनाउन सबै लागि पर्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेको संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन सकेको छैन । त्यस कारण कुनै पार्टीसँग मिलेर जानुपर्छ । बाध्यता र अवस्था पनि त्यस्तै छ । गाह्रो छ भनेर काम गर्न छोड्ने भन्ने हुदैँन् हामी सबै मिलेर पार्टी कै बहुमत ल्याउने काममा लाग्नु पर्छ । हाम्रो पार्टीलाई जनताको साथ पनि त्यस कारण पनि बहुमत ल्याउने तर्फ लाग्नु पर्छ ।’
यसको साथै, उनले जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुख दुखमा साथ दिने र जनताको लागि लाग्ने किसिमको सङ्घीयता बनाउन आवश्यक भएको भन्दै यसको लागि केही समय लाग्ने बताए ।
प्रतिक्रिया