राजावादी विरुद्ध नेकपा एसले चैत १५ गते एक लाख जनता उतार्ने

सोमबार, ०४ चैत्र २०८१
काठमाडौं : नेकपा एकीकृत समाजवादीले राजावादीहरू विरुद्धमा चैत १५ गते आयोजना गर्ने जनविरोधमा एक लाख भन्दा माथिको सङ्ख्यामा जनताको सहभागिता रहने जनाएको छ । सोमबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष जगनाथ खतिवडाले जनता राजावादीहरूसँग नभई गणतन्त्रकै पक्षमा छन् भन्ने प्रमाणित गर्न विरोध सभा गर्न लागेको जानकारी दिए । उनले भने,‘चैत १५ गते लाई भव्य र सफल बनाउन समाजवादीको तर्फबाट अधिकतम प्रयास गर्ने विषयमा छलफल भयो । आन्तरिक रूपमा छलफल भइरहेको छ । राजावादीहरूले गरेको गतिविधिहरूलाई खण्डन गर्ने र जनता गणतन्त्रवादीसँगै छन् । नाटकीय ढङ्गले प्रचार गर्दैमा जनता राजावादी हुँदैनन् भन्नको लागि र जनताको आकाङ्क्षा सडकमा प्रदर्शन गर्ने हाम्रो पहिलो प्रयास हो । लाखभन्दा माथि नै जानुपर्छ भन्ने तरिकाले कोसिस गर्ने छौँ ।’ उनले राजसंस्था आउने सम्भावना नरहेको भन्दै यसलाई चुनौतीको रूपमा भन्दा पनि जनता आफूहरूसँगै छन् भन्ने दाबीलाई देखाउने मात्र उद्देश्य रहेको बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार