महेन्द्र मोरङमा नेविसंघका उमेद्वारको आधिकारिकता विवाद : अदालतले दुवै पक्षलाई बोलायो

सोमबार, ०४ चैत्र २०८१
सुन्दरहरैंचा : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को उम्मेदवार आधिकारिकता विवादमा उच्च अदालत विराटनगरले दुवै समूहलाई बुधवार उपस्थित हुन आदेश जारी गरेको छ । न्यायधिस नरेश कुमार चौधरीको इजलासले निवेदक योगराज दाहालको मुद्दाउपर सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो । आदेशमा रिट निवेदनमा के कसो भएको, निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन, हुनुपर्ने भए सोको आधार, कानुनसहित बाटोको म्याद बाहेक १५ दिनभित्र आफै वा आफ्ना कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न समेत विपक्षीको नाममा कारण देखाऊ छ । May be an image of text खास गरी कांग्रेसको संस्थापन इतर समूह भनिएका दाहालले संस्थापन पक्षका प्रज्वल विष्ट प्यानल, क्याम्पसको स्ववियू र निर्वाचन समितिविरुद्ध रिट निवेदन दायर गरेका थिए । निर्वाचन समितिले मङ्गलवार स्ववियू निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर मतदान गराउन तयारी गरेको अवस्थामा छलफलका लागि मतदानको भोलीपल्ट उपस्थित हुन आदेश दिएको हो । यसले अब महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन नै प्रभावित बन्न पुगेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार