सुनसरी : नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका आदित्य पराजुली चयन भएका छन् ।
सुनसरीको खनारमा आज भएको एक भेलाले झापा भद्रपुरका युव व्यवसायी पराजुलीको अध्यक्षतामा प्रदेश समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा झापा बिर्तामोडका राम दाहाल, उपाध्यक्षमा सुनसरीकी रुपा तामाङ, उदयपुरका मनोज कटुवाल, मोरङका नविनविक्रम शाह र धनकुटाका रुपेश श्रेष्ठ रहेका छन् । त्यस्तै, महासचिवमा झापा बिर्तामोडका सन्तोष उप्रेती, सचिवमा मोरङका दिपककुमार तिम्सिना, कोषाध्यक्षमा सुनसरीका रण थेवे लिम्बू, सहकोषाध्यक्षमा मोरङका कृष्ण दाहाल चयन भएका छन् ।
सदस्यहरुमा मोरङका उमेश कार्की र गणेश नेपाली, सुनसरीका सुयोग पाख्रिन र ममता प्रसाईं तथा उदयपुरका दिना चौधरी चयन भएका छन् । अध्यक्षले अन्य ४ जना सदस्य मनोनित गर्न पाउने विधानमा व्यवस्था रहेको छ ।
महासंघका केन्द्रीय सदस्य प्रज्ज्वल राईको अध्यक्षतामा भएको भेलाले कोशी प्रदेश समिति गठन गरेको हो ।
प्रतिक्रिया