एसइई परीक्षामा मधेश प्रदेश सरकारले कुनै भूमिका नखेल्ने

मंगलबार, ०५ चैत्र २०८१
जनकपुर । मधेस प्रदेश सरकार एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको छ । बिहीबारदेखि सुरु हुन लागेको एसइईको परीक्षामा प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै परीक्षा प्रक्रियाबाट प्रदेश सरकार बाहिरिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । मङ्गलवार मुख्यमन्त्री सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको जानकारी दिए । प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय इकाईलगायत शैक्षिक संस्थाहरूले नमानेपछि सरकार बाहिरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनले २० वर्षदेखि शिक्षा अधिकारीहरूले मधेश प्रदेशको परीक्षामा चलखेल गरेर विद्यार्थीहरूको भविष्यसङ खेलबाड गरिरहेको आरोप लगाएका छन् । एसइई परीक्षा समाप्त हुनासाथ शिक्षा अधिकारीलगायत निकायहरूमा अनुगमन गर्नुका साथै तालाबन्दी गर्ने मुख्यमन्त्री सिंहले चेतावनी समेत दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार