थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने राप्रपाको निर्णय

मंगलबार, ०५ चैत्र २०८१
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा मङ्गलवार बसेको बैठकले पूर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘आज हामीले बैठक बोलाउँदा नै आन्दोलनसँग केन्द्रित भनेका थियौ । आजको बैठकले पूर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र आउँदो १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बसाएर थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने निर्णय गरेको छ । अब राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर जाने छ ।’ उनले यो आन्दोलनमा समान विचार राख्ने अन्य राजनीतिक दल, समूह, व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार