इटहरी : सुनसरीको इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसमा नेबिसंघका सुनिल कुमार मण्डल स्ववियु सभापति पदमा निर्वाचित भएका छन् ।
मङ्गलवार सम्पन्न मतदान र पछिको मतगणनामा अनेरास्ववियु सहितको गठबन्धनका उम्मेदवार मण्डल विजयी भएको उनको सङ्गठन नेपाल विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराईले जानकारी दिए ।
उनले १४५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी रहेका नितेस कुमार यादवले ११७ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिले भने केहीबेरमा निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
त्यहाँ मण्डल सहित गठबन्धनको प्यानल नै विजयी भएको भट्टराईले बताए ।
प्रतिक्रिया