स्ववियु निर्वाचन : मुख्य क्याम्पसमा चुनाव स्थगित, यस्तो छ उत्यकाका आंगिक क्याम्पसको नतिजा ?

बुधबार, ०६ चैत्र २०८१
 काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष भएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भए  । मंगलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आंगिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । यस्तै त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजहरुमा विवादका कारण कतिपय  क्याम्पसहरूमा निर्वाचन हुन सकेन । निर्वाचनको तयारी पूरा भएपनि काठमाडौंका मुख्य क्याम्पसमा चुनाव रोकिएको छ । रत्नराज्य क्याम्पसमा तयारी पूरा भएपछि अनेरास्ववियुको तालाबन्दीले चुनाव रोकिएको छ । विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ । रत्नराज्य, त्रिचन्द्र, पद्मकन्या, विश्वभाषा, अस्कल, ल, सरस्वती , पब्लिक युथ, शंकरदेव लगायतका क्याम्पसमा भने चुनाव हुन सकेन । विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा पनि चुनाव भएन । विश्वविद्यालय क्याम्पसको चुनाव चैत ८ का लागि तोकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार