संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत : प्रचण्ड

बुधबार, ०६ चैत्र २०८१
निजगढ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताएका छन् । बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले भने, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।” दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ रहेको छ । दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए । माओवादीले स्थगित गरेको तराई मधेस जागरण अभियान सुरुवात गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार