बाख्राको ‘भाइरल’ प्रतिमाबारे यस्तो छ वास्तविकता

शुक्रबार, २४ चैत्र २०७९
इटहरी । केही दिनयता बाख्राको मूर्ति सामाजिक सञ्जालमा छरपस्ट फैलिएको छ । कृषकले अनुदान र ऋण नपाएको अवस्थामा स्तम्भमा किन खर्च गरियो भनेर धेरैले आलोचना गरिहेका छन् । त्यसो त यो कुनै नौलो विषय हैन तर सामाजिक सञ्जालमा भाइरल नै भएपछि यसबारे खोजी गर्दा स्थानीयको मागअनुसार नै बनाएको पाइएको छ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर ३ मा बाख्राको स्तम्भ निर्माण भएको हो । तमोर करिडोरमा निर्माण भएको उन्नत जातको बोयर बाख्राको मूर्ति स्थानीयको मागअनुसार निर्माण भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनले सो क्षेत्र ‘बाख्रा पकेट एरिया’ भएकाले स्थानीयको मागअनुसार बाख्राको मूर्ति बनाइएको बताए । ‘यसलाई कुशेटार भनिन्छ, यो क्षेत्र बोयर बाख्राको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँकाजनताको मागअनुसार हामीले यो मूर्ति निर्माण गरेका हौँ।’ अघिल्लो आर्थिक वर्षमा ७ लाख र चालू आर्थिक वर्षमा २ लाख बजेट विनियोजित गरेर मूर्ति निर्माण गरिएको अध्यक्ष राईले जानकारी दिए । सो क्षेत्रमा बाख्रा उत्पादन र बिक्रीबाट कृषकहरूलाई राम्रो आम्दानी भएको र पालिकाले अनुदान पनि दिँदै आएको भएर सो क्षेत्रको चिनारीको रुपमा मूर्ति निर्माण गरिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार