स्ववियू निर्वाचन: मोरङका ११ मध्ये ६ क्याम्पसमा क्रान्तिकारी, बेलबारीमा क्रान्तिकारीकै विष्टले जिते

शनिबार, ०९ चैत्र २०८१
मोरङ :  मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीका कपिल विष्ट सभापतिमा निर्वाचित भएका छन् । अनेरास्ववियुका प्रशान्त पोखरेललाई पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । सचिवमा भने अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् । कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित भए । आन्तरिक विवादको कारण यस पटक भने नेविसंघले संगठन नै दर्ता गर्न सकेन । बेलबारी क्याम्पसमा शनिवार निर्वाचन भएको थियो ।
यस्तो छ बेलबारीका उम्मेदवारको मत परिणाम सभापति पद १.प्रशान्त पोख्रेल - १६१ २. कपिल विष्ट - १९५ (विजयी) सचिव पद १. अर्जुन कोइराला - १८३ (विजयी) २. दिपेन्द्र राई - १७० कोषाध्यक्ष पद १. शंकर थापा - १६८ २. नवराज थापा - १८२ (विजयी) सदस्य पद १. मनिका विष्ट - १४७ २. निराजन प्रसाई - १६३ ३. विनु भण्डारी - १५३ ४. शुभहाङ राई - १३८ ५. दिलाशा बस्नेत - १२८ ६. हिमाल आले नगर - ८७ ७. सोहन लिम्बू - १७९ (विजयी) ८. ओम प्रतीक चौधरी - १६७ (विजयी) ९. विक्रम तामाङ - १६८ (विजयी) १०. निकेश सुवेदी - १७६ (विजयी) ११. सलन राई - १७४ (विजयी) १२. सुस्मिता थापा - १६५ (विजयी)
योसँगै अखिल क्रान्तिकारीले मोरङमा मात्रै ६ वटा क्याम्पसको स्ववियू सभापतिको नेतृत्व पाएर पहिलो स्थान बनाएको छ । यस्तै नेपाल विद्यार्थी संघ ३ क्याम्पसमा नेतृत्व लिएर दोस्रो र अनेरास्ववियु दुई सहित दोस्रो भएको छ । कसले कहाँ जिते यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार