इटहरी : सुनसरीको इटहरीमा रहेको सागर फिड्स प्रालिले आफ्ना कर्मचारीहरूका लागि कार्यलयपरिसरमै एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शिविरमा एक सय भन्दा बढी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि वितरण गरिएको संस्थाले जनाएको छ ।
इटहरी स्थित पशुपति मोडेल हस्पिटल सङ्गको सहकार्यमा गरिएको शिविरमा सुगर,प्रेसर तथा स्वास्थ्य सम्बन्धी अन्य विभिन्न समस्याका बारेमा स्वास्थ्य परीक्षण गरिएको कम्पनीका निर्देशक ज्ञानेन्द्र पराजुलीले बताए ।
शिविरमा देखिएका बिरामीहरूलाई औषधि समेत वितरण गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा अधिकांश बिरामीहरूमा प्रेसर को समस्या देखिएको चिकित्सकले जनाएका छन् ।
नियमित कामका क्रममा आफ्नो स्वास्थ्यलाई ख्याल नगर्दा विभिन्न समस्या आउने गरेको परीक्षणमा रहेका चिकित्सकको भनाइ छ ।
फिड्समा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य सचेतता समेत गराउने उद्देश्यका संस्थाले ५ बर्ष यता स्वास्थ्य शिविरको आयोजना गर्दै आएको सञ्चालक शारदा पराजुलीले बताइन ।
कोशी प्रदेशमै २७ बर्ष अघि स्थापना भएको यस फिड्स उद्योग आईएसओ सर्टिफाइट समेत रहेको छ ।
प्रतिक्रिया