कतार विश्वकप ०२२ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्स र इंग्ल्याण्ड विजयी भएका छन् । इंग्ल्याण्डले सेनेगल तजा फ्रान्सले पोल्याण्डलाई पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् । अन्तिम ८ मा अब इंग्ल्याण्डले साविक विजेता फ्रान्ससँगको भेट निश्चित गरेको छ ।
दोहाले अल बायेट रंगशालामा इंग्लिस टिम सुरुवातमा लड्खडाएको थियो । गोलरक्षक जोर्डन पिकफोर्डले सेनेगलका बोउलाये डियाको प्रहारको सानदार बचाउ गरेका थिए ।
इंग्लिस टिममा जुड बेलिंगघमको प्रदर्शन शानदार थियो । ३८औं मिनेटमा जोर्डन हेण्डरसनले गरेको पहिलो गोलमा उनैले शशक्त क्रस उपलब्ध गराएका थिए । पहिलो हाफ सकिनु केहि सेकेण्डअघि उनी र फिल फोडेनको सन्तुलनसँगै उपलब्ध बलमा कप्तान ह्यारी केनले गोल गरेका हुन् । केनको यो विश्वकपमा पहिलो गोल हो ।
यता ओलिभर जिरुड र केलिएन एमबाप्पेले कीर्तिमानी गोल गरेपछि पोल्याण्डलाई ३(१ गोलअन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विश्वकपका दुई पूर्व विजेताहरुको भेट क्वाटरफाइनलमै हुने पक्का भएको छ । इंग्ल्याण्डले सन् १९६६ यता विश्वकप उपाधि जित्न सकेको छैन । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप उपाधि जितेको थियो । यी दुईले सेमिफाइनल प्रवेशका लागि आगामी शनिबार प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया