इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, हेलिकप्टरमार्फत उद्दार जारी

बुधबार, १३ चैत्र २०८१

इटहरी । सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भीषण आगलागी भएको छ। बुधवार बिहान करिब ९:३० बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन।

प्लाजामा रहेको होटेलको बरन्डाबाट सुरु भएको आगो तीव्र गतिमा फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आगलागी भएको तला भन्दा माथिल्लो तलामा तीन जना भन्दा बढी मानिस फसेको आशंका गरिएको छ। उद्दारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीहरू खटिएका छन्।

तर, आगलागी नियन्त्रणमा लिन कठिनाइ भएपछि पूर्वी पृतनाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार कार्य अघि बढाउने प्रयास भइरहेको छ।

आगलागीको कारणबारे अहिलेसम्म खुलेको छैन। आगो अझै नियन्त्रणमा नआएकाले क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार