इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी, १६ जनाको उद्दार, अझै निभेन आगो

बुधबार, १३ चैत्र २०८१
इटहरी । सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा भएको भीषण आगलागीमा परेका १६ जनाको सकुशल उद्दार गरिएको छ। तर, आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। बुधवार बिहान करिब ९ः३५ बजे इटहरीको मुख्य चौकको पूर्वपट्टी रहेको सेन्टर प्लाजामा आगलागी सुरु भएको थियो। आगलागीपछि भवनभित्र फसेका व्यक्तिहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्दार गरेको छ। १६ जना उद्दार गरिएकामध्ये ११ जना पुरुष र पाँच जना महिला रहेका छन्। केही व्यक्तिहरूलाई सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ भने केहीलाई डोरीको सहायताले बाहिर निकालिएको छ। भीषण आगलागी नियन्त्रणका लागिएक दर्जन भन्दा बढि  दमकल परिचालन गरिएको छ। आगो निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन समय लाग्ने जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार इटहरीका व्यवसायी राजेश श्रेष्ठको उक्त प्लाजामा रहेको होटल बरन्डाबाट आगो सल्किएको हुन सक्ने आशंका गरिएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो पनि

https://pradeskhabar.com/archives/94079   https://pradeskhabar.com/archives/94090

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार