कार्यक्रममा काश्यप गोत्रीय अधिकारी चितवन समाजका केन्द्रिय अध्यक्ष देवीरमण अधिकारी, कोशी प्रदेशका प्रदेश सदस्यहरू बन्दना अधिकारी, लीलाबल्लभ अधिकारी, काश्यप प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष भीमप्रसाद अधिकारी, कोशी प्रतिष्ठानकै प्रदेश प्रमुख शान्तिबहादुर अधिकारी, मधेश प्रदेश प्रमुख गोबिन्द अधिकारी, चितवन समाजका उपाध्यक्ष युवराज अधिकारी, महासचिव रामप्रसाद अधिकारी, चितवन जिल्ला अध्यक्ष राधाकृष्ण अधिकारी,प्रहरी नायब उपरिक्षक रमेश अधिकारी लगायतले वंश प्रतिष्ठानका बारेमा चर्चा गरेका थिए ।
यस्तै, मोरङको कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी, शिक्षासेवी तुलसीनारायण अधिकारी, प्रतिष्ठानका केन्द्रिय सदस्य गुरुप्रसाद अधिकारी, सिराहा अध्यक्ष गोविन्द अधिकारी, ओखलढुंगाका अध्यक्ष वसन्त अधिकारी, सुनसरी अध्यक्ष लीलाराज अधिकारी, इलाम जिल्ला अध्यक्ष षडानन्द अधिकारी, पाँचथर अध्यक्ष तोयानाथ अधिकारीले जिल्लाका गतिविधि प्रस्तुत गर्दे समग्र अधिकारीहरू एक हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा चितवन समाज र काश्यप अधिकारी वंशबीच एकीकृत गर्ने निर्णय समेत गरियो ।
कार्यक्रममा अधिकारी वंश प्रतिष्ठानमा उत्कृष्ट काम गर्ने नगरसमितिहरू अर्जुनधारा नगरसमिति, भद्रपुर नगरसमिति, बाह्रदशी गाउँसमितिलाई सम्मान समेत गरिएको थियो ।
यसैबीच काश्यप गोत्रीय अधिकारी चितवन समाज र काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानबीच एकीकृत गर्ने सहमति नजिक पुगिएको वार्ता समितिका सदस्य मोहन अधिकारीले बताए ।
सहमतिअनुसार चितवन जिल्लाको देवघाटमा केन्द्रिय कार्यलय राखिने, सम्पर्क कार्यालय काठमाडौँमा राखिने, कोशी प्रदेशको सम्पर्क कार्यलय झापामा राखिनुपर्ने र दुवैपक्षका समितिहरू बसेर राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति निर्माणहरू तयार गरिने उनले बताए ।
साथै, कार्यक्रममा विभिन्न पालिकाहरूमा जितेका स्थानीय जनप्रतिनिधिहरू र एसईई २०७८ का उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।
जिल्ला सदस्य रमला अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव सपना अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । वंश प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष मोहन अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया