हेटौँडामा देवरद्वारा भाउजूको हत्या, दाजु सख्त घाइते

विहीबार, १४ चैत्र २०८१
हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन् । राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेका हुन । निज रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले बताए । प्रहरीका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर राति ९ः०० बजे प्राप्त भई प्रहरी अनुसन्धान टोली पुग्दा मृतक जेठी भाउजू र माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाई तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए । यस्तै दाजु २८ वर्षीय रुपेश दासलाई भाइ वर्ष २२९२३ का रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको पाइएको छ । बुधवार दिउँसो ४ः१० बजेको समयमा भाइ रमेशले खुकुरी प्रहार रुपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागि गम्भीर घाइते बनाएको जानकारी प्राप्त भएपछि प्रहरीले रमेशलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो । निजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि भाउजूमाथि समेत खुकुरी प्रहरी गरेको खुल्न आएको थियो । घटनाको बारेमा थप अनुसन्धान हुँदै र घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार