ऊर्जा दक्षता सम्बन्धी ऐन बनाउने काम उच्च प्राथमिकतामा छ : मन्त्री खड्का

विहीबार, १४ चैत्र २०८१
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी ऐनको व्यवस्था गर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी समारोहमा बोल्दै उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकलाई ऐनको रूप दिने काम गर्ने बताएका हुन् । उनले भने, ‘सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्ने कार्य सदैव प्राथमिकतामा राखेको छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस भएको छ । यस विधेयकलाई प्रतिनिधि सभाबाट पास गराई ऐनको रूप दिने काम मेरो उच्च प्राथमिकता रहेको छ ।’ उनले सरकार मार्फत फन्डको प्रयोग गरी गरिब, निमुखा जनताहरूको लागि सोलारको व्यवस्था गर्न सके आय आर्जनको बाटो बन्ने पनि बताए । यसका साथै उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी कार्यहरूको स्तर उन्नति गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार