काठमाडौँ : राजसंस्था पक्षधरहरूको आन्दोलनले तनाव बढेपछि प्रहरीले तीनकुनेमा रबरको गोली प्रहार गरेको छ। स्थिति नियन्त्रणमा लिन यसअघि प्रहरीले हवाई फायरसमेत गरेको थियो।
प्रदर्शनका क्रममा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको हो। प्रारम्भमा प्रहरीले पानीको फोहोरा प्रयोग गरी भिड नियन्त्रण गर्न खोजे पनि अवस्था जटिल बनेपछि अश्रुग्यास प्रहार गरिएको थियो।
आन्दोलनकारीहरूले ढुंगा प्रहार गर्दा केही घरका सिसा फुटेका छन्। आन्दोलनकारीहरूले ती घरबाटै प्रहरीले अश्रुग्यास प्रहार गरेको दाबी गरेका छन्।
घटनामा एक आन्दोलनकारी घाइते भएका छन् भने प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया