काठमाडौँ । तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीहरू सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन् । प्रदर्शनका क्रममा आलोक नगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरू च्यासलतिर अघि बढेका हुन् ।
नेपाल न्यूज बैङ्कका प्रतिनिधि सरोज शाहीका अनुसार प्रदर्शनकारीहरूले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् । उनीहरू एमाले कार्यालयतिर अघि बढेको उनले जानकारी दिए ।
प्रदर्शनकारीहरू नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरू फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् । प्रदर्शनकारीहरू नेकपा माओवादी केन्द्रको कार्यालय पेरिस डाँडा पनि पुगेका छन् । राजावादीहरूको आन्दोलन उग्र बन्दै गएको छ ।
प्रतिक्रिया