काठमाडौँ : काठमाडौँको तीनकुनेमा राजसंस्था पक्षधर र प्रहरीबीच भएको झडपमा एक व्यक्तिको मृत्यु भएको छ। मृतककीर्तिपुरका २९ वर्षीय सविन महर्जनको भएको पुष्टि गरिएको छ। उनकाे शवलाई अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
उक्त आन्दोलनमा तीन जना गम्भीर घाइते भएका थिए, जसमा महर्जनको मृत्यु भएको हो।
तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो।
हाल तीनकुने र आसपासका क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।
प्रतिक्रिया