नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त

मंगलबार, १९ चैत्र २०८१
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो। झापा दमकका चापागाईंले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गरेको अनुभव छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरको रुपमा काम गर्दै आएका थिए । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो । यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएको थिएन। पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुनसक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार