चितवन : जिल्लामा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्र सङ्घीय शिक्षा मन्त्रालय तथा प्रादेशिक सामाजिक विकास मन्त्रालयमा अनुमति नभई सञ्चालन भइरहेको पाइएको छ ।
स्थानीय प्रशासनले एक साता लगाएर २८ वटा यस्ता केन्द्रमा गरेको अनुगमनका क्रममा १८ वटामा यस्तो समस्या देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास खनालका अनुसार प्रारम्भिक रूपमा गरिएको अनुगमनका क्रममा १० वटा केन्द्रले शिक्षा मन्त्रालय एवं प्रदेशको सामाजिक विकास मन्त्रालयसँग अनुमति लिएर चलाएको भए पनि अनुमति अनुसारको संरचना अपुग देखिएको छ ।
कम्पनी राजिष्टार कार्यालयमा दर्ता भई व्यवसाय दर्ता गरेर मन्त्रालयसँग अनुमति नलिएकालाई अनुमति लिनका लागि समय दिइएको उनको भनाई छ ।
प्रतिक्रिया