२०८२ सालमा कोशी सरकारले थप गर्यो ६ दिन बिदा

मंगलबार, १९ चैत्र २०८१
विराटनगर : २०८२ सालमा कोशी प्रदेश सरकारले थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले दिएको भन्दा बाहेक ६ दिन थप बिदा दिने निर्णय गरेको हो । जसअनुसार वैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णीमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवत्ता रेवतीरमण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार