रतुवा मृग मारेको आरोपमा दुई जना पक्राउ

बुधबार, २० चैत्र २०८१
पोखरा । दुर्लभ वन्यजन्तु रतुवा मृग मारेको आरोपमा स्याङ्जाबाट दुई जना शिकारी पक्राउ परेका छन् । जिल्लाको पुतली बजार नगरपालिका वडा नं।–११ माझी डाँडा जङ्गलमा मङ्गलवार मध्यराती रतुवा मृग मारेको आरोपमा दुई जना शिकारी पक्राउ परेका हुन् । रतुवा मृग मारेको आरोपमा पक्राउ परेका अभियुक्तहरूमा स्याङ्जा पुतली बजार नगरपालिका वडा नं।–१० का अन्दाजी ४४ वर्षको खर्क बहादुर गुरुङ र सोही नगरपालिकाको वडा नं–११ बस्ने वर्ष अन्दाजी ४३ को सौबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । प्रहरीले उनीहरूको साथबाट एक थान भरुवा बन्दुक र एउटा मारिएको रतुवा मृग पनि बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको र मृत रतुवा मृग थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार