'भाटभटेनीमा लुटपाट गरेर राजसंस्था फर्किन्छ ?' - मीनबहादुर गुरुङ

बुधबार, २० चैत्र २०८१
काठमाडौँ । भाटभटेनी सुपर मार्केटका सञ्चालक तथा अध्यक्ष मीनबहादुर गुरुङले राजसंस्था फर्काउने आन्दोलनका कमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । गुरुङले प्रसाईँलाई राज्यले पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको दाबी गरे । बुधवार भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गरेपछि अध्यक्ष गुरुङले भने, ‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’ उनले राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको बताए । प्रसाईँको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे । उनले भने, ‘मारवाडीले यस्तो ग¥यो, त्यस्तो ग¥यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन सम्भव छ रु देश कङ्गाल बनाउने रु दुर्गा प्रसाईँ गुन्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुङ्गा हानेर नेपालको संविधान संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।’ चैत १५ गते शुक्रवार दुर्गा प्रसाईँको कमाण्डिङमा राजावादी समूहको प्रदर्शनका क्रममा कोटेश्वरस्थित सुपर मार्केटमा प्रदर्शनकारीले तोडफोड र लुटपाट मच्चाएका थिए । प्रदर्शनकारीबाट तोडफोड र लुटपाटबाट ८० लाख रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार