पहाडी भू- भागमा आंशिक बदली, बाँकी ठाउँको मौसम मूख्यतया सफा रहने

विहीबार, २१ चैत्र २०८१
काठमाडौँ : देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार