काठमाडौँ उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौँको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ ।
बिहीबार काठमाडौँ विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुवाँ उडे जस्तो देखिएको छ । हरेक वर्ष सुक्खा याममा समग्र दक्षिण एसिया र विशेष गरी काठमाडौँ वायु प्रदूषणबाट ग्रसित हुने गरेको छ ।
सामयिक सन्दर्भमा पनि काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँ उपत्यकामा तुवाँलो कति घना छ भने एक किलोमिटर आसपासका दृश्य पनि प्रस्टसँग देख्न मुस्किल छ । अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण छ ।
तस्बिरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैङ्क
प्रतिक्रिया