स्व. पत्रकार सुरेश रजकको निवासमा शुभेच्छुक र विशिष्टहरूको भीड

आइतबार, २४ चैत्र २०८१
काठमाडौं : राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनका क्रममा चैत्र १५ गते शुक्रवार काठमाडौँको तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकका शोकमा रहेका परिवारलाई शान्तवाना दिन शुभेच्छुकदेखि विशिष्ट व्यक्तिहरूको भीड देखिएको छ । ताहचलस्थित निवासमा किरियामा बसेका आफन्त र परिवारजनलाई समवेदना प्रकट गर्न र मृतक रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्न विशिष्टहरूको भीड लाग्ने गरेको छ । आइतबार पनि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरू रजक निवास पुगेका छन् । शुभेच्छुकहरूले रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गरिरहेका छन् । उक्त प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका रजकको पोस्टमार्टम जलेर मृत्यु भएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार