न्युयोर्क पुगे स्वास्थ्यमन्त्री प्रदिप पौडेल

सोमबार, २५ चैत्र २०८१
वासिङ्टन डिसी : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसंख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन न्युयोर्क पुगेका छन । मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे । मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए । मन्त्री पौडेलले सोमबार र मङ्गलबार हुने उच्चस्तरीय बैठकमा भाग लिनुहुने संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोगले जनाएको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

सम्बन्धित समाचार