मोरङको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका डा सुनील शर्माले सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन गर्न निर्देशन दिएका छन् ।
अस्पताल प्रशासन र शर्माबीच भएको छलफलमा उनले लथालिङ्ग अवस्थामा रहेको अस्पताल तत्काल सञ्चालन गर्न निर्देशन दिएका हुन् । ‘मेडिकल कलेज र अस्पताल सञ्चालनका निम्ति यहाँका साथीहरू लाग्नुहोस्, म पछाडि छु भनेको छु,’ शर्माले भने, ‘सोही अनुरुप माघ १ गतेदेखि ८ घण्टासम्म सेवा सुविधासहित अस्पताल सञ्चालन हुने निर्णय भएको छ ।’
अस्पतालमा ओपीडी अभाव भएको, अक्सिजन अभाव भएको जस्ता बहाना नबनाउन पनि विश्वविद्यालय प्रशासनलाई उनको निर्देशन छ ।
उनले तीन सय बेडको अस्पताल सञ्चालनमा ल्याउन आँफू सकारात्मक रहेको बताए । विश्वविद्यालयमा दक्ष चिकित्सकको अभाव भएमा आफ्नो मेडिकलबाट भएपनि चिकित्सक ल्याएर सेवा सूचारु गर्न तत्पर रहेको उनको भनाइ छ ।
प्रतिक्रिया