सरकारले सुशासनमा कुनै सम्झौता गर्दैन : प्रधानमन्त्री ओली

बुधबार, २७ चैत्र २०८१
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनमा कुनै सम्झौता नगर्ने बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सको ७४ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको भन्दै आगामी निर्वाचनसम्म र त्यसपछि पनि राजनीतिक स्थिरताको यो सिलसिला कायम नै रहने दाबी गरे । उनले भने,‘आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशासनमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाई कन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरूको पनि सहयोग चाहिन्छ । देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ । त्यस कारण तपाईँहरू ढुक्क भएर लगानी गर्नुस् । देशको विकासका योगदान गर्नुस् ।’ उनले कसैलाई गाली गलौच, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्न नहुने बताए । बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने र हरेक क्षेत्रमा सम्भावना छ भनेर कन्भिन्स गर्न सक्नुपर्ने उनको धारणा छ । ‘कसैलाई गाली गलौच, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन । मानिसलाई सहजरुपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भावना छ भनेर तपाईँहरूले कन्भिन्स गर्न सक्नुहुन्छ ।’ प्रधानमन्त्री सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहरूले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरू प्रशंसनीय रहेको बताए । चेम्बर, एउटा सरकार र निजी क्षेत्र बिचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार