अन्सारी चोरी तथा आपराधिक मुद्दामा कारागार चलान भएका छन् ।
त्यसपछि केही महिना मोटरसाइकल चोरी रोकियो । एक्कासि चैतमा चोरी बढ्यो । अहिले २ जना पक्राउ परेसँगै ६ वटा मोटरसाइकल फेला परेको छ । चोरीका मोटरसाइकल विराटनगर–१५ र सीमावर्ती भारतको टिकुलियाबाट बरामद भएको जोशीले बताए ।
आपराधिक पृष्ठभूमिका व्यक्तिहरू मोटरसाइकल चोरीमा संलग्न रहेको र पक्राउ गरेर चोरी तथा आपराधिक लाभ मुद्दा चलाउन बुधवार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।
गत साउनदेखि मङ्सिरसम्ममा विराटनगरबाट ६० वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ४ वटा फेला परेका छन् । अरू मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ । फागुनमा एउटा मोटरसाइकल चोरी भएको थियो । तर, चैतमा मात्रै १० वटा मोटरसाइकल चोरिए ।
एसपी चिमरियाका अनुसार चोरीमा संलग्न सिटी सफारी चढेर पुग्ने र मोटरसाइकल चोरेर भारततिर भाग्ने गरेको पाइएको छ ।
प्रतिक्रिया