भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडी पल्टियो,दुई जना घाइते

विहीबार, २८ चैत्र २०८१
काठमाडौँ । भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडी पल्टिदा दुई जना घाइते भएका छन् । बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए । तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको उनले जानकारी दिए  । उनले भने,‘ तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडीमा ९ जना यात्रु रहेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार