रुपन्देहीमा गोली हानेर २९ वर्षीय राकेशको हत्या

शनिबार, १७ फागुन २०८१
काठमाडौं । रुपन्देहीमा आज शनिबार एक युवकको गोली हानी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको गोली हानी हत्या गरिएको हो। लोधलाई बिहान घरको बरन्डामा रगताम्मे अवस्थामा फेला पारिएको थियो। प्रहरीका अनुसार घटनापछि मृतकका दाजु फरार रहेकाले उनको खोजी जारी छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार