सहरी क्षेत्रमा नयाँ अस्पतालको आवश्यकता छैनः स्वास्थ्य मन्त्री पौडेल

सोमबार, १५ बैशाख २०८२

भक्तपुर : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहरी क्षेत्रमा अब नयाँ विशिष्टिकृत अस्पताल खोल्न आवश्यक नरहेको बताएका छन् । 

नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्रको उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले सहरी क्षेत्रमा अस्पतालको भौतिक विस्तारभन्दा सेवा गुणस्तरीय बनाउन प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

'अब सहरी क्षेत्रमा नयाँ अस्पताल निर्माणका लागि जग हालिरहन आवश्यक छैन। भएका अस्पतालहरूको प्रभावकारी व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह, प्रविधिमैत्री प्रणाली विकास र उपचार क्षमताको वृद्धि गर्नु नै मुख्य चुनौती हो' उनको भनाई रहेको छ । 

मन्त्री पौडेलका अनुसार देशभरका ६,७४३ वडामा आधारभूत स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्य रहे पनि, पहुँच पुगेका स्थानहरूमा समेत आवश्यक पूर्वाधार र प्रविधिको अभावले गुणस्तरीय सेवा दिन कठिनाइ भएको छ ।

स्वास्थ्य बीमा प्रणालीको सन्दर्भमा मन्त्री पौडेलले सरकारको वार्षिक बजेट सीमित भएको उल्लेख गर्दै भने, 'सरकारले स्वास्थ्य बीमामा १० अर्बभन्दा बढी बजेट विनियोजन नगर्ने तर स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पताललाई तिर्नुपर्ने रकम ३७ अर्ब रुपैयाँ नाघिसकेको छ।'
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार