चट्याङले लागेर झापा र मोरङमा दुई जनाको मृत्यु

विहीबार, २८ चैत्र २०८१
विराटनगर : वसन्त ऋतुसँगै चट्याङ पर्ने मौसम सुरु भएसँगै झापा र मोरङ जिल्लामा दुई जनाको मृत्यु भएको छ। अचानक परेको चट्याङले एक महिलाको घटनास्थलमै ज्यान लिएको छ भने एक बालकको उपचारका क्रममा मृत्यु भएको हो। चैत २७ गते बिहान करिब ७ बजे झापाको गौरादह नगरपालिका–५ बालुबथानमा ५४ वर्षीया दुध कुमार लावतीलाई घरको भान्सा कोठा छेउमा चट्याङले लागेको थियो। पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ स्थायी घर भई झापामा बसोबास गर्दै आएकी लावतीको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली पुगेर कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उक्त दिन नै दिउँसो करिब १२:३० बजे मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा चट्याङले लागेर १२ वर्षीय बालक आविष्कार बराल गम्भीर घाइते भएका थिए। उनी सुनसरीको इटहरी स्थायी घर भई हाल मामाघरमा बस्न आएका थिए। साइकल कुदाइरहेका बेला परेको चट्याङ लागेको थियो। उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल, विराटनगर लगिए पनि दिउँसो पौने २ बजे उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरेका थिए ।      

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार