इटहरी : नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलाले नेपाल विद्यार्थी संघ स्ववियू निर्वाचनमा पहिलो भएर गणतन्त्रको पक्षमा सन्देश दिएको बताएका छन् ।
नेबिसंघ केन्द्रीय कार्यसमितिद्वारा बिहीबार राजधानीमा आयोजित संघिय लोकतान्त्रिक गणतन्त्रको सार्थकता, स्थायित्व र अपरिहार्यता विषयक बिचार गोष्ठीमा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन ।
शान्ति स्थापना, गणतन्त्र र संविधान कांग्रेसको नेतृत्वमा आएको उल्लेख गरेका सिटौलाले आवश्यकता परेमा संविधान संशोधन गर्ने बताए ।
उनले चैत्र १५ को प्रदर्शनमा पागल र बहुलट्टीहरूले विध्वंस मच्चाएको समेत बताए ।
‘राजासँग के को समझदारी ? केही भएको छैन । पूर्व राजासँग कुरा गर्ने म हो । मलाई थाहा छैन । पूर्व राजा यहीँ छन् । कुन राजा कहाँबाट ल्याउने भनेको ? मैले त बुझेको छैन ।’ उनले भनेका छन् ।
नेबिसंघ अध्यक्ष डुजाङ शेर्पाले सभापतित्व गरेको गोष्ठीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा बिभाग प्रमुख राजिव ढुंगानाले समेत बोलेका थिए ।
प्रतिक्रिया