पोखरामा गण्डकी कोटिहोम महायज्ञको तयारी तीव्र : आज विश्वकै कान्छी भागवत वाचिक अनुराधा पाण्डेयले कथा वाचन गर्ने

शुक्रबार, २९ चैत्र २०८१
पोखरा । लामो घम्साघम्सी र रस्साकस्सी पछि विवाद समाधान भए पश्चात् पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित बिरौटामा गण्डकी कोटिहोम महायज्ञको अन्तिम तयारीहरू भइरहेका छन् भने उक्त कोटिहोममा बिस्तारै भक्तजनहरूको उपस्थिति बाक्लिँदै गएको छ। कोटीहोम २०८२ साल वैशाख १७ गतेदेखि सञ्चालन हुने प्रचारप्रसार स्वरूप यही चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छी भागवत वाचिक अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् । बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउन्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ । महायज्ञको पूर्व सन्ध्यामा अहिले बिरौटाको प्रगति टोलमा राष्ट्रिय भजन प्रतियोगिताको लागि निर्माण गरिएको पण्डालमा विविध कार्यक्रमहरू आयोजना गरिएको छ भने भारतको उडिसी क्षेत्रमा निकै लोकप्रिय सूर्य गुरुकुलका शास्त्रीय कलाकारहरू, राष्ट्रिय भजनगायकहरुका प्रस्तुति,लिलामय कलाकारका झाकी प्रस्तुति,मानव सेवा फाउन्डेसनका कलाकारहरूका प्रस्तुति सँगै मानव सेवा फाउन्डेसन नेपालद्वारा सञ्चालित मामाघर आश्रमका बालबालिकाका विविध प्रस्तुतिहरू पनि प्रस्तुत भइरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार