तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ

शुक्रबार, २९ चैत्र २०८१
दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी तीन महिनाकी शिशु श्रीयासहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ स्थित लामीडाँडा जंगलबाट प्रहरीले करिब २० वर्षकी एक महिलालाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालका अनुसार स्थानीयको सहयोगमा ती महिलालाई जंगलमै पक्राउ गरिएको हो। पक्राउ परेकी महिलाको परिचय शर्मिला विष्ट रहेको छ, जो सिरवल क्षेत्रकी हुन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनले शिशु आफूले अपहरण नगरेको र घरबाट नलिएको दाबी गरेकी छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार