कांग्रेस सत्तामा भए पनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.कोइराला

शनिबार, ३० चैत्र २०८१
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको बताएका छन् । शनिवार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् । उनले भने,‘राजनीतिमा धेरै कुरा हुन्छ । हालको सरकारका सवालमा पनि धेरै कुराहरू छन् । अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार हो र यसमा हामी पनि छौँ । तर मैँले एउटा कुरा भन्दै आइरहेको छु–हामी सत्तामा छौँ तर सरकारमा छैनौँ किनभने हाम्रो प्रतिस्पर्धी जुनसुकै ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ । यसलाई  म खराब भन्दिन् । तर सरकारले गलत वा कमजोरी गरिरहेको छ की भनेर खबरदारी गरिराख्नुपर्छ भन्ने हो । खबरदारी गरेनौंं भने काँग्रेसलाई अप्ठ्यारोमा पर्न सक्छ । त्यसैले हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । सरकारमा हुनेहरूले सहकार्य गरेरै जानुपर्ने आवश्यकता छ, अर्को उपाय छैन,’उनले अगाडि भने,‘सरकारले संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । त्यसैले यसमा ढिला गर्न मिल्दैन । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ । सुशासन दिलाउन सकिएको छैन, दण्डहीनता बढेको बढ्यै छ । यसलाई कन्ट्रोल गर्न जरुरी छ ।’ साथै उनले संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताए । कोइरालाले अहिले सडकमा उठिरहेका धेरै माग संविधान संशोधनबाट पुरा गर्न सकिने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार